जनकपुर – जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा आज बिजुली रेल परिक्षण हुने भएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटरमा सञ्चालन गरिने उक्त रेल पहिलो चरणमा जनकपुरसम्म सञ्चालनमा आउने छ ।


ADVERTISEMENT


भारतको मद्रासस्थित सरकारी कम्पनी कोंकन रेलवे स्टेशनमा निर्माण भएको उक्त रेल बिहीवार बेलुका जनकपुर आइपुगेको थियो । परीक्षणको क्रममा रेलमा कुनै समस्या नदेखिए आज नै भारतले नेपाल सरकारलाई रेल हस्तान्तरण गर्नेछ ।


ADVERTISEMENT

# # #


५ वटा डिब्बा भएको उक्त रेलको यात्रु क्षमता ७ सय रहेको छ । शुक्रवार रेलको परीक्षण गरिने र कम्पनीकै नेपाली प्राविधिकहरुले चलाएर नेपालको जनकपुरसम्म ल्याइने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनकाअनुसार रेल नियमित रूपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुनेछ ।

२०६५ मा भारतको पूर्ण अनुदानमा जनकपुर–बर्दिबाससम्मको ६९ किलोमिटरमा रेलमार्ग निर्माण गरिने द्धिदेशीय सम्झौता भएको थियो । त्यही क्रममा नेपाल सरकारले भन्सारबाहेक रु. ८५ करोड ६५ लाखमा भारतसँग २ वटा रेल सेट किनेको छ । पहिलो रेल सञ्चालनका लागि नेपाल भित्रिसकेकोमा अर्को रेलसेट पहिलो सञ्चालनको एक महीनाभित्र भारतले उपलब्ध गराउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

यसअघि राणा प्रधानमन्त्री चन्द्र शमशेरले १९८६ मा जनकपुर जयनगरमा सुपरसोनिक रेल सञ्चालन गरेकोमा २०७० पछि उक्त रेल पू्र्ण रुपमा बन्द भएको थियो । ७ वर्षपछि उक्त क्षेत्रमा पुनः रेल सञ्चालनमा आएकोमा उक्त रेल भारतीय प्राविधिकको सहयोगमा नेपालीहरुले नै चलाउने रेलवे कम्पनीका महाप्रवन्धक भट्टराईले बताए ।

रेल चलाउन ३ जना चालक, ३ जना सहचालक, ८ जना स्टेशन मास्टर, ३ जना प्वाइन्ट्स म्यान, ३ जना मेकानिक्स, सिनियर सेक्शन इन्चार्ज १ जना, सुपरभाइजर ३ जना गरी २६ जना भारतीय कर्मचारी राख्नुपर्नेछ ।