काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो । बुधबार सार्वजनिक गीतमा पौडेलले शब्द रहेको छ । किरण क्रियशनले यूट्युबमार्फत सार्वजनिक गरेका छन् भने, अमोश तामाङ्गले लयबद्ध गरेको गीतलाई एक्सन रेकडिङ्गले रेकर्ड गराएको हो ।


ADVERTISEMENT


राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’मा स्वंय गीतकार रमेश पौडेलले अभियन पनि गरेका छन् । गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा गरिएको छ । ओली नेतृत्वको सरकारले गुमेको भुमी नंक्शा संशोधन गरि सार्बजनीक गरेको लगायतका महत्वपूर्णं निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई चर्चा गरिएको छ ।


ADVERTISEMENT

# # #


 

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?time_continue=1&v=Nwx5Kyzj8BY&feature=emb_logo