काठमाडौँ – दक्षिण कोरियाली ब्रान्ड स्याङयोङ्ग मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ ।


ADVERTISEMENT


ग्राहकहरूले यस अफर अन्तर्गत कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कम्पनीले काभिड–१९ वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइने बताएको छ ।

‘सुपर डिस्काउन्ट’ अफर अन्तर्गत आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैँया बराबरको निःशुल्क एक्सेसोरिज, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टीको सुविधा प्रदान गर्नेछ ।

यस्तै निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्ष सम्म) पनि उक्त अफरमा समेटिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो अफरअसोज ७ गते देखि असोज २० गते सम्ममात्र हुनेछ ।