काठमाडौँ – चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कम्पनीले चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार ५ सयमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको हो।


ADVERTISEMENT

# # #


यो अफर आजैदेखि लागु भइ १५ मंसिर अर्थात् ३० नोबेम्बर २०२० सम्मका लागू हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।