एजेन्सी – अर्थ राजनीतिका कारण लामो समयदेखि अमेरिका–चीनबीच अन्तरद्धन्द बढिरहेको वेला २०१९ मा चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस महामारीका रुपमा विश्वभर फैलिएपछि झन उत्सर्गमा पुगेको थियो । अमेरिकाले कोरोना भाइरस फैलिनुमा चीन जिम्मेवार रहेको आरोप लगाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै कोरोना भाइरसलाई बारम्बार ‘चिनियाँ भाइरस’ भनेका छन् । त्यही क्रममा मंगलवार भएको राष्ट्रसंघीय महासभामा दुई देशबीचको विवाद थप चर्किएको छ ।


ADVERTISEMENT


भच्र्युल माध्यमबाट भएको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस फैलिनुको पछाडि चीनको हात रहेको आरोप लगाउँदै यसको जिम्मेवारी चीनले लिनुपर्ने बताए । उनले राष्ट्रसंघमा बोल्दै चीन जवाफेदेही हुनुपर्ने बताए । चीनले नै विश्वलाई संक्रमित बनाएको दाबी उनको थियो । ‘विश्वलाई नै महामारीमा फसाउने चीनलाई हामीले जवाफदेही बनाउनैपर्छ,’ ट्रम्पले भने ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ट्रम्पपछि बोल्दै चिनियाँ राष्ट्रवपति सी चिनपिनले अमेरिकासँगका व्यपार, प्रविधि जस्ता वाणिज्य विवादलाई वार्तामार्फत सम्बोधन गर्ने बताउँदै कोरोना भाइरसबारे ट्रम्पले चीनमाथि लगाएको आरोपको प्रतिकार गरे । ‘महामारीलाई राजनीतिकरण गर्ने प्रयास असफल पार्नुपर्छ,’ उनले भने ।