काठमाडौँ – मिर्गौला रोगबाट पीडित तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाका लागि नेपाल तरुण दलले सहयोग रकम जुटाएको छ । नेपाली काँग्रेसका युवा नेता काठमाण्डौँ क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेती ज्यूको सक्रियतामा अमेरीकाबाट २ लाख २३ हजार सहयोग संकलन गरिएको हो ।


ADVERTISEMENT


नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले देशभरका लोकतन्त्रमा बिश्वास गर्ने तरुण हरुसँग सधैं संगै बसेर तरुण दल केन्द्रीय समिति दुःख सुखमा साथ दिने बताउँदै यस देवकोटाको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरिएको बताए । उनकाअनुसार देवकोटाको उपचारका लागि अमेरिकामा बस्ने हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रविन घिमिरेले उक्त आर्थिक सहयोग गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि नेपाली काँग्रेस जिल्ला कार्यसमितिले बिभिन्न जिल्लाका नेता कार्यकर्ताहरुसँग संकलन गरेर एक लाख १७ हजार संकलन भईसकेको छ । अन्य ब्यक्ती तथा संस्थाहरुले दुवै मृगौलाको हप्तामा तीन पटक डाईलोसिश गर्नुपरेका नेता देवकोटाको सहयोग संकलन भईरहेको छ । सुर्यखबर डट् कममा समाचार सम्प्रेसण भएपछि नेता देवकोटाको उपचारमा तरुण दल केन्द्र लगायतले चासो देखाएका छन् । कोरोना महामारीबाट सहजता भएपछि मृगौलाको ट्रान्सप्लान्टको लागि देवकोटालाई राजधानी काठमाडौं ल्याईने परिवारले बताएका छन् ।

 

No description available.