स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका १४ स्थित तमादीमा बिहीवार बिहाना गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । बुधवार रातिदेखिाको पानीले बिहाना घरमाथिबाट खसेको पहिरोमा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।


ADVERTISEMENT


डीएसपी अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै ७ महीनाको बालकको पनि मृत्यु भएकोमा उनको सनाखत हुन नसकेको अधिकारीले बताए । पहिरोमा परी घाइते १६ वर्षीया मनिषा नेपालीको उद्धारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।