काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद डा. शशांक कोइराला कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।


ADVERTISEMENT


महामन्त्री कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइशोलेसनमा बस्ने र त्यपछि पार्टीको नियमित काममा फर्किने बताएका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्ने सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।

उनले फेसबुकमा भनेका छन्, ‘गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । स्वाब परिक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । चिकित्सकको सल्लाह वमोजिम अब केहि दिन होम आइसोलेशन मै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु ।’

कोइरालामा भाद्र २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएको केही दिनपछि उनलाई स्वास्थ्यमा समस्या आएपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना समेत गरिएको थियो ।