काभ्रे । बैकिङ्ग कसूर मुद्दामा दोषी ठहर भएकी फरार जयन्ती केसीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी आजै काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको प्रहरी प्रमुख एसपी रबि पौडेलले हिमालय पोष्टलाई जानकारी दिएका छन । अदालतले केसीलाई आजै कैद जरिवाना भुक्तानीका लागि कारागार कार्यालय धुलिखेल पठाईएको बताईएको छ ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकको पत्र अनुसार काभ्रे बनेपा ४ श्रीखण्डपुर टोल बस्ने ५६ की जयन्ती केसी समेत भएको छुट्टाछुट्टै बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले एघार करोड बयासी लाख बयानब्बे हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा जरिवाना र ३ र ३ वर्ष कैद सजाँय हुने ठहर भएको थियो ।