काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २ सय ६२ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख ६८ हजार १ सय ८५ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन् भने १८ हजार २ सय ८९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १० हजार ५२ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार २ सय ३७ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ५१ हजार ८ सय ६६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको छ ।