– प्रेमकान्त श्रेष्ठ

अध्यक्ष, रिजनल होटल एशोसिएसन काभ्रे, धुलिखेल

सञ्चालक, धुलिखेल लज रिसोर्ट

लामो समयको बन्दाबन्दी विस्तारै खुलेसंगै होटल व्यवसायको अहिलेको अवस्था कस्तो छ ?


ADVERTISEMENT


यहाँ (धूलिखेलमा)  ४० वटा होटल छन् । ती सबै होटलको अहिलेको अवस्था एकदमै दयनीय छ । सरकारले गरेको आधा वर्ष लामो लकडाउनले व्यवसाय धरासयी बनाइदियो । यसलाई सामान्य अवस्थामा ल्याउन मात्रै पनि २/३ वर्ष लाग्छ ।


ADVERTISEMENT

# # #


अहिले स्वास्थ्य मापदण्ड अपनाएर दूरी कायम गरि व्यवसाय सञ्चालन गर्न दिइएको छ । हुँदो रहेछ त ?

शुरुमा सरकारले जानेन, ठीक छ, तर पछि कोरोना सामान्य हो भन्ने बुझिसकेपछि यसलाई छिट्टै नै जीवनयापन सामान्य गर्नुपथ्र्यो । तर सरकारले पछि पुनः बन्द गर्यौ, अझै सक्रिय संक्रमितको संख्या २५ हजार पुगे लकडाउन गर्ने सरकारले बताएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण काम हो ।

धेरै उद्योगी र मजदुर यस क्षेत्रबाट पलायन भइसकेका छन्, धेरैले रोजगारी गुमाएर सडकमा पुगेका छन्, सरकार अझैपनि गम्भीर भएन भने अवस्था यो भन्दा भयावह हुन्छ ।

बन्द गर्नुको औचित्य थिएन भन्नुभयो, लामो समय बन्दाबन्दी भयो व्यवसाय उकास्ने गरी सरकारले केही राहत दिने भनेको छ ?

सरकारले सहुलियतपूर्ण कर्जा दिने भनेको छ । तर व्यवसाय डुबेको छ, यतिवेला कहाँ लगेर लगानी गर्नु ? अधिकांश होटल व्यवसायीहरुको लगानी गर्ने ठाउँ छैन । र लिनुपरे पनि कार्यान्वयनको पक्ष कमजोर छ । बैंकिङ प्रक्रिया जटिल छ । पर्यटनमन्त्री योगेश भट्टराईले हप्तामा दुई दिन विदा दिने नियम ल्याउने तयारी गर्नुभएको छ । यो एकदमै राम्रो हो । अब पहिलेकै तुलनामा विदेशी पर्यटकहरु अझैँ २/४ वर्ष आउँछन् जस्तो लाग्दैन । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न कस्ता किसिमका कार्यक्रम गर्नुपर्छ ?

सरकारले होटल व्यवसाय खोल्ने निर्णय गरेको सुनेकै दिनपनि एक किसिमको स्फूर्ति आएको थियो । सभा सम्मेलनमा रोक लगाइएको छ । तर हामीसँग २/३ सय मानिस अट्ने हलहरु छन्, स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम गरी सेमिनार गर्न दिनुपर्छ । मुख्य कुरा, अब बन्दाबन्दी गर्नुहुँदैन ।

अबको योजना के छ ?

काभ्रेका होटल व्यवसायीहरु छलफल गरेर आन्तरिक पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौँ ।

६ महीनाभित्र काभ्रेलाई पर्यटकीय गन्तव्य बनाउने गरी जीप राइड, मठ मन्दिर, झरना लगायत सबै क्षेत्रलाई समेट्ने गरी योजना बनाइरहेका छौँ ।

होटल एशोसिएशन काभ्रेको अध्यक्षका रुपमा काम गरिरहनुभएको छ । आगामी दिनमा केन्द्रसम्म पुगेर काम गर्ने त्यस्तो भावी योजना के छ ?

होटल एशोसिएशनले जति काम गर्नुपथ्र्यो त्यति काम गर्न सकेको छैन । उहाँहरुले सरकारले जति घच्घचाउने र व्यवसाय प्रर्वद्धनका लागि काम गर्नुपथ्र्यो त्यो गर्न सक्नुभएन । पहिले भन्दा संस्था सिथिल भइदिनाले व्यवसायीहरु ब्याक हुनुपर्यो । जसकारण सक्षम मान्छे त्यहाँ जानुपर्छ । नीतिनिर्माण गरी व्यवसाय प्रर्वद्धनका लागि काम गर्न सक्ने मान्छे जानुपर्छ । टीकाटालो गरेर नभई चुनाव गरेर सक्षम व्यक्ति त्यहाँ पुग्नुपर्छ । मैले त्यहाँ गएर काम गर्ने योजना बनाएको छु ।

होटल एशोसिएशनमा तपाईको भिजन के छ ?

होटल व्यवसायमा लागेको म ४०/४५ वर्ष भयो । सरकारलाई आइडिया दिन सक्ने मान्छे त्यहाँ पुग्नुपर्छ, नभए हाम्रो पर्यटन क्षेत्र अघि बढ्न सक्दैन । त्यसैका लागि काम गर्नका लागि पनि हामीले त्यहाँ पुगेर काम गर्ने योजना बनाएका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

महामारीका कारण गुम्सिएर बसेका छौँ, जसकारण हामी मानसिक रुपमा पनि अस्वस्थ भएका त छौँ नै आर्थिक क्षति पनि भएको छ । यस्तो वेला केही नयाँ ठाउँमा जाँदा नयाँ आइडिया आउँछ र फ्रेस पनि भइन्छ । यसले आन्तरिक पर्यटनलाई प्रवद्र्धन पनि हुन्छ । जसकारण आन्तरिक पर्यटन प्रर्वद्धन हुने काम गर्न सबैलाई आग्रह गर्दछु ।