काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डहरुको चरमचुलीमा फसेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले ओली सरकार काण्डहरुको चरमचुलीमा फसेको आरोप लगाएका हुन् । महरले कोरोना भाइरसले जनजीवन कठिन भइरहेका बेला पनि सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोनाले तरकारी उपभोक्ता सास्तीमा परेका बेला पनि प्याज टमाटरको कालोबजारी नेकपाकै संरक्षणमा भइरहेको उनको आरोप छ । गोविन्द केसीको सत्याग्रहको १४ औं दिन भइसक्दासमेत सरकारले माग पुरा नगर्दा उनको स्वास्थ्य अवस्था दिनदिनै खुस्किरहेको र सरकारले तुरुन्त ध्यान नदिए उनको अन्तिम अन्सनको व्यथा अधिकारी दम्पती जस्तो हुने नेता महरको आशंका छ ।

उनले लेखेका छन्, ‘सरकारका मन्त्री र मतियारहरुका अभिव्यक्तले बलात्कारिलाई प्रसय मिलेको छ ।’ महरले बझाङको घटनाले निर्मला हत्याकाण्डको पुनरावृत्ति गराएको बताएका छन् । बझाङ जिल्लाको मष्टा गाउँपालिका स्थित शिव मन्दिरभित्र १२ वर्षीया बालिका सम्झना कामी बलात्कारपछि मृत अवस्थामा भेटिएकी थिइन् । सरकारले निर्मला हत्याकाण्डको हत्यारा पत्ता लगाउन नसकेकोमा उनले खेद प्रकट गरेका छन् ।
हिरासतमा युवकको मृत्युु प्रकरणको दोषी राज्य स्वयं बनेको उनको आरोप छ । सो घटना मृत्यु हो कि हत्या भन्नेकुरा समेत सरकारले अहिलेसम्म पत्ता लगाउन नसक्नु अत्यन्तै गम्भीर विषय भएको नेता महरको भनाई छ ।

सत्तारुढ ओली सरकारले आन्दोलन र शान्तिपुर्ण विरोधमा प्रहरी हस्तक्षेप भइरहेकोमा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताएका छन् । उनले अगाडी लेखेका छन्, ‘भष्ट्राचारले संक्रमित सरकार , पीसीआरमा लुट, लुटेराको सरदार स्वयं सरकार !’

सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिदा पनि सरकार मुखदर्शक बन्नु देश र जनताका लागि घातक भएको उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको भएपनि केही निजी ल्याबहरूले भदौ १५ मा तोकिएअनुसारै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेको पाइएको छ ।

काण्डहरुको चरमचुलीमा ओली सरकार ? जनता लाई जवाफ दिन सक्छौ सरकार ?

१) तरकारी उपभोक्त सास्तीमा, प्याज टमाटरको कालोबजारी…

Posted by Nain Singh Mahar on Saturday, September 26, 2020