एजेन्सी – बलिउडको लागुऔषध मुद्दामा भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) शनिवार दीपिका पादुकोणसँग करिब ६ घण्टा सोधपुछ गरेको छ । रिपोर्टका अनुसार सवाल जवाफका क्रममा तीन पटक राएको खुलेको छ ।


ADVERTISEMENT


रिपोर्टमा भनिएको छ कि यसबीचमा एनबीसीका अधिकारीले भने दीपिकालाई ‘इमोशनल कार्ड’ नखेल्न अनुरोध गरे । इन्डिया टुडेको रिपोर्ट अनुसार दीपिकाको आँखामा आँशु देखेर एनबीसीका अधिकारीले उनीसँग हात जोडेका थिए । साथसाथै उनीहरुले दीपिकालाई ‘इमोशनल कार्ड’ खेल्नुको साटो सत्य बनाउँदा उनलाई नै फाइदा हुने बताएका थिए ।


ADVERTISEMENT

# # #


दीपिकाले स्वीकारिन् ‘ड्रग्स च्याट’को कुरा

रिपोर्टका अनुसार एनबीसीसँगको सोधपुछमा दीपिका पादुकोणले ‘ड्रग्स च्याट’को कुरा स्वीकार गरेकी छन् । उद्दपी उनले ‘ड्रग्स’ लिएको कुरा भने अस्वीकार गरेकी छन् । दीपिकाले एनबीसीसँग बताएकी छन् ‘मेरो पूरै समूहले डूप लिन्छ, जुन सिगरेट हो । यसमा कुनै नशालू पदार्थ हुन्न ।’

एनबीसीले सबुत संकलन गर्ने भन्दै दीपिकाको मोबाइल समेत जफत गरेको छ ।

ड्रग्स ममलामा असरी अल्झिइन् दीपिका ?

बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणसँग जोडिएको ड्रग्स मृद्दाको जाँच गरिरहेको एनसीबीको हातमा तीन वर्ष पहिलेको एउटा ह्वाट्एप ग्रुप चैट परेको थियो । २८ अक्टोबर २०१७ मा भएको यस च्याटमा दीपिका, उनकी म्यानेजर करिश्मा प्रकाश र सुशांतकी ट्यालेन्ट म्यानेजर जया साहाबीच ड्रग्स सम्बन्धी कुराकानी भएको थियो ।

च्याटमा दीपिकाले ‘ह्याशीस’ र ‘वीड’ शब्द प्रयोग गर्दै करिश्मासँग सोधेकी थिइन् कि माल के हो ? करिश्माले एनसीबीसँग बताएकी थिइन् कि उक्त ह्वाट्एप ग्रुपकी एडमिन दीपिका आफै थिइन् ।

अदालतमा पेश गरिनेछ बयान

शनिवार एनसीबीले दीपिकाका साथै सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ गरेको छ । यसको एक दिन पहिले एजेन्सीसँग रकुल प्रीत सिंहको पेशी भएको थियो । एनसीबीका डेपुटी डायरेक्टर एमए जैनका अनुसार सोधपुछका क्रममा उनीहरुसँगका जति पनि बयान रेकर्ड गरिएका छन्, त्यसलाई अदालतमा पेश गरिनेछ । जैनका अनुसार ड्रग्स एंगलमा आजसम्म १८–१९ जनालाई पक्राउ गरिसकिएको छ ।