काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ७३१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ८ सय ९१ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ९ हजार २ सय ९८ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् भने २० हजार ३ सय ९६ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १० हजार ७ सय ७ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ६ सय ८० जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मत्यु भएको छ ।