काठमाडौँ – भरतपुर महानगरपालिकाले चितवनको भरतपुरमा निमार्णधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ ।


ADVERTISEMENT


मंगलबार भरतपुरकी मेयर रेणु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस्’लाई उक्त रकम प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले कोरोनाको प्रभावका बीच पनि रंगशालाको काम तीव्र गतिमा भइरहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि थप रकम प्रदान गर्दै जाने प्रतिवद्धता जनाए ।

अघिल्लो आर्थिक वर्षमा रंगशालाका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको महानगरले यस वर्ष पनि आन्तरिक स्रोतबाट ४ करोड रंगशालालाई दिने जनाएको थियो । त्यही अनुसार पहिलो चरण अन्तर्गत ५० लाख प्रदान गरिएको हो ।