काठमाडौँ – नेपालमा बिजुली बस सञ्चालन गरिरहेको निजी क्षेत्रको सुन्दर यातायात प्रालिले आजबाट काठमाडौँ उपत्यकाबाहिर पनि सेवा विस्तार गर्दै धुलिखेल–काठमाडौँ बस सेवा सञ्चालन गर्दैछ ।


ADVERTISEMENT


बिहाना ९ बजे यो रुटमा बिजुली बसको परिक्षण गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।


ADVERTISEMENT

# # #


‘हामी गाडी परिक्षण गर्दैछैँ, हामी यो रुटमा उपयुक्त स्थान हेरेर चार्जिङ स्टेशन पनि निमार्ण गर्छौ,’ थापाले बताए ।
सुरुवाति समयमा यो रुटमा ४ वटा बस संचालन गरिने उनले जानकारी दिए।