काठमाडौँ – नेपाल आयल निगमको पेट्रोल लोडेड ट्यांकरमा मट्टितेल मिसाएको आरोपमा निगमका एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वित्त थानकोटले मट्टितेल मिसावट गरिएको २० हजार लिटर पेट्रोल लोडेड ना४ख ३०८५ नम्बरको ट्यांकरका चालक सचिन सुवेदीलाई पक्राउ गरिएको हो।


ADVERTISEMENT


वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठकाअनुसार उनलाई आयल निगमको थानकोटस्थित डिपोबाटै पक्राउ गरिएको हो । पेट्रोलमा करीब ४ हजार लिटर मट्टितेल मिसाएको अनुमान गरिएको छ । ‘चेम्बरको लक खोलेर हेर्दा मिसावट गरेको देखिएपछि सुवेदीलाई पक्राउ गरिएको हो,’ श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय मिसावट गर्ने ट्यांकर चालकलाई कारवाहीका लागि प्रहरीसँग सहकार्य गरेर कडाइका साथ निगम अघि बढेको निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले बताए । निगमले केही दिन अघि मात्र पनि पेट्रोलमा मिसावट गर्ने २ चालकलाई पक्राउ गरि आवश्यक कारवाही पक्रिया अघि बढाएको छ ।