काठमाडौँ – नबिल बैंकले नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरुको धितो राखेर कर्जा उपलब्ध गराउने सेवा शुरु गरेको छ । बैंकले ५० लाख वा सोभन्दा बढीको शेयरमा वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन शुरु गरेको हो ।


ADVERTISEMENT


दशैको अवसरमा बैंकले देशभरका आफ्ना सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा शुरु गरेको बैंकका संचार विभाग प्रमुख कृष्ण सुवेदीले बताए ।


ADVERTISEMENT

# # #


निजी क्षेत्रको अग्रणि बैंक नबिलका देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यका साथ बैंकले हालै नबिल डिजी बैंकको पनि स्थापना गरेको छ ।