भक्तपुर – भक्तपुर प्रहरीले सस्तो दरमा डलर साँटिदन्छु भन्दै ५ लाख लुटेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सस्तो दरमा साँटिदिन्छु भन्दै लुटपाट गरेको अभियोगमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोकका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


नगद लुटी फरार भएको सूचनापछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।