काठमाडौँ – दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐय्यर कारबाहीमा परेका छन् । युएईमा जारी १३ औँ संस्कणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा मंगलबार सनराइजर्स हैदरावादविरुद्ध ‘स्लो ओभर रेट’मा बलिङ गरेको भन्दै ऐय्यरलाई १२ लाख बढी भारु (१९ लाख नेपाली रुपैयाँ) जरिवाना गरिएको हो ।


ADVERTISEMENT


‘स्लो ओभर रेट’को आईपीएल आचार संहिताअनुसार उनलाई जरिवाना तोकिएको आइपीएलले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘आबुधावीमा २९ सेप्टेम्बर २०२० मा सनराइजर्स हैदरावादविरुद्धको खेलमा टिमको ‘स्लो ओभर रेट’ बलिङ गरेकाले दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐय्यरलाई १९ जरिवाना तोकिएको छ ।’


ADVERTISEMENT

# # #


मंगलबार सनराइजर्सले छाडेको १६३ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमै समेटिएको थियो । सुरुवाती दुई खेल जितेको दिल्लीले पहिले हार व्यहोर्दा सनराइजर्सले भने दुई खेलको हार पछि पहिलो जित हान पारेको छ ।

अघिल्लो हप्ता रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई समेत ‘स्लो ओभर रेट’मा बलिङ गरेको भन्दै कारबाही गरिएको थियो ।