काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँको खुल्लामञ्चमा पुगेर भोकाएकाहरुलाई खाना बाँडेका छन् ।


ADVERTISEMENT


बुधबार बिहान साढे ९ बजे टुँडिखेल पुगेका उनले करिब २० मिनेट खाना नपाएकाहरुलाई खाना बाँडेका हुन् । बाबुरामसँगै पत्नी हिसिया यमी पनि खुल्लामन्च पुगेकी थिइन् ।


ADVERTISEMENT

# # #


सो क्रममा बाबुरामले खाना खान आएकाहरुसँग कुराकानी पनि गरेका थिए ।

हाम्रो टिम नेपाल नामक संस्थाले विगत ६ महिनादेखि भोकाहरुलाई टुँडिखेलमा निःशुल्क खाना खुवाउँदै आएको छ ।