काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जतिबेला पनि कोरोनाका कुरा नगर्न र समाचार नहेर्न अनुरोध गरेको छ ।


ADVERTISEMENT


नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई आइशोलेसनमा रहेकाहरुलाई सकारात्मक सोच राख्न अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले लक्षण नभएका कोरोना संक्रमितहरुलाई अनलाइनमार्फत आफ्नो नियमित काम गर्न तथा आइशोलेसनमा सिर्जनशील काम गर्न अनुरोध गरे । ‘आइशोलेसनमा बस्दा आफ्नो मनका कुरा कापीमा उतार्ने, आफ्ना अनुभव लेख्ने उत्तम अवसर हुनसक्छ ।’ डा. गौतमले भने, ‘जतिबेला पनि कोरोनासंग सम्बन्धित समाचार हेर्ने र कुरा गर्ने नगर्नुहोस् ।’

संक्रमण पुष्टि भएको दुई हप्तापछि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै आफ्नो नियमित जीवनमा फर्किन सकिने उनले बताए ।

यस्तै उनले पीसीआर परीक्षण गर्ने सोच बनाएकाहरुलाई परीक्षण गर्नुअघि र रिपोर्ट नआएसम्म घरमा अलग्गै बस्न पनि उनले अनुरोध गरेका छन् ।