काठमाडौँ – बझाङमा भएको सम्झना कामीको बलत्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका राजेन्द्र बोहोराले प्रहरीसामु अपराध स्वीकारेका छन् । उनले शिव मन्दिरभित्र रहेको त्रिशूलले हानेर सम्झनाको हत्या गरेको बयान दिएका छन्।


ADVERTISEMENT


एक साता अघि गाईवस्तुलाई दाना दिन गएकी १२ वर्षिया सम्झना त्यसपछि फर्किएकी थिइनन् । परिवारले खोजी गरेपछि उनको शव शिव मन्दिर नजिकै भेटिएको थियो । यसअघि साउन २९ मा पनि अर्की १३ वर्षीय बालिकाको बलत्कारमा संलग्न राजेन्द्रलाई ती बालिका गर्भवती भए स्वीकार गर्ने शर्तसहित गाउँ पञ्चले माफी दिएको थियो ।


ADVERTISEMENT

# # #


सम्झनाको बलत्कारपछि हत्या गरेका राजेन्द्रले सम्झनाका कानमा भएका मुन्द्री पनि लुटेका थिए । उनै अभियुक्त राजेन्द्र अब एउटा अर्को हत्यासँग पनि जोडिएका छन् । डेढ वर्ष अघि सम्झनाको शव भेटिएकै नजिक एक बालकक मृत फेला परेका थिए । मृत भेटिएका ती बालकको कानमा पनि सम्झनाका कानमा जस्तै मुन्द्री भएको र शव भेटिदा ती मुन्द्री गायब थिए । हत्याको घटनाक्रम जोडिएपछि स्थानीयले ती बालकको हत्यामा पनि राजेन्द्रको हात हुनसक्ने भन्दै अनुसन्धान गर्नुपर्ने बताएका छन् । प्रहरीले यस विषयम प्रहरीले अनुसन्धनन गरेको ासुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए।