काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९६१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ४ सय ४४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ३३ हजार ९ सय ४७ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ७७ जना रहेका छन् भने २१ हजार ८ सय ३० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ११ हजार ६९ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ७ सय ६१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१.९ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५०९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मत्यु भएको छ ।