काठमाडौँ – एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था सुरु गरेको छ । कोरोना प्रभावका बीच ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त सुविधा ल्याएको हो ।


ADVERTISEMENT


अब ग्राहकले बैँकको बेवसाइट https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन दिन सक्नेछन् । उक्त व्यवस्थाको सुरुवातसँगै बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निर्क्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसपछि ग्राहकलाई कर्जा लिनका लागि छनौट रेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ । साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहकले बैंकको वेबसाइटमा गई समेत आफै ट्रयाक गर्न सक्नेछन् ।

बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि LOAN टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Formमा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।