काठमाडौं – विकास बैंकहरुमा अग्रणी गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै, सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी रु. २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।


ADVERTISEMENT

# # #


गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।

सहारा विकास बैंक प्राप्ति हुँदा गरिमा विकास बैंक थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने विश्वास लिईएको छ ।