काठमाडौँ – राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लकडाउन नदोहोर्‍याउन सरकारसंग अनुरोध गरेको छ । एनबीआइका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालसंग भेटघाट गर्दै उक्त अनुरोध गरेको हो ।


ADVERTISEMENT


प्रतिनिधिमण्डलले कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएकोकाले मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष जोशीले कोरोनाका सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको बताए । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको बताउँदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याकाबीच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयाँ गम्भीर चुनौति सिर्जना गरेको बताउँदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औल्याए ।

जवाफमा मन्त्री ढकालले कोरोनाको नियन्त्रण र आर्थिक गतिविधीलाई सुचारु गर्न राष्ट्रिय व्यवसायिक पहलले लिएको जिम्मेवार व्यवसायिक अभ्यासलाई सह्राना गदै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्वन्धित सवै निकायसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै गरे ।

उनले फेरि लकडाउन हुने समाचारमा सत्यता नभएको बताउदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराए ।

प्रतिनिधिमण्डलमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत लगायतको पनि उपस्थिति रहेको थियो ।