काठमाडौँ – सिद्धार्थ बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र (शेयर) विक्री खुला गरेको छ । शुक्रवारदेखि बैंकले सो रकम बराबरको ३० लाख कित्ता शेयर विक्री खुला गरेको हो ।


ADVERTISEMENT


सिद्धार्थ बैंकको तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आजबाट विक्री खुल्ला भएको छ।


ADVERTISEMENT

# # #


शेयरका लागि २० गतेसम्म आवेदन गर्न पाइने बैंकले बताएको छ। प्रतिशेयर ८.५० प्रतिशतका दरले ७ वर्ष अवधिका लागि शेयर निष्काशन गरेको बैंकले १८ लाख कित्ता शेयर व्यक्तिगत र बाँकी १२ लाख सर्वसाधारणका लागि निष्काशन गरेको जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको शेयरमा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सिद्धाथै बैंकको अधिकृत पुँजी १० अर्ब ५० करोड, जारी पुँजी ९ अर्ब ७८ करोड ७७ लाख र चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रहेको छ।