काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । केही नेताहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि सोमबार दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको हो ।


ADVERTISEMENT


स्थगित बैठक असोज २५ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । गत १५ गते (बिहीबार) गरिएको परीक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित सदस्य शम्भुलाल श्रेष्ठ लगायतका केही व्यक्तिमा शनिबार साँझ कोरोना पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौँ उपत्यका बाहिर कोरोना परीक्षण गरेका केन्द्रीय सदस्य रमेश रिजाल र अजयकुमार चौरासियालाई पनि कोरोना पुष्टि भएको कांग्रेसले जनाएको छ ।