श्याम ठाकुर, सिरहा – कर्मचारीमा कोरोना भाइरस (कोभिढ–१९) संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि गरिएको छ।


ADVERTISEMENT


आइताबर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गर्दै कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिएका छन् । उनले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको बताए ।


ADVERTISEMENT

# # #


असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको थियो। त्यस्तै, एक जना प्रशासकीय अधिकृतमा पनि सङ्क्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २४ गतेसम्म अतिअ वाश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन उनले आग्रह गरेका छन्