काठमाडौँ – सरकारले चैत ११ देखि गरेको लकडाउन पछि लामो दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि खुलायो । सरकारले नै ५० प्रतिशत भाडा वृद्धि गरिदिएर बसको सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्नुपर्ने निर्णय सरकारले गर्‍यो ।


ADVERTISEMENT


उक्त निर्णयपछि व्यवसायीले गाडी चलाउन शुरु गरेपनि दशैँको मुखमै पनि व्यवसायीले आधा यात्रु पनि पाएका छैनन् । बसको भाडा महँगो भएकाले थोरै रकम थपेर जहाजमा यात्रा गर्न पाइने भएपछि बसका यात्रु पनि हवाइ यात्रातर्फ आकर्षित भएको व्यवसायीहरु बताउँछन् । बसको भाडा बढेको तर फ्लाइटको उस्तै रहेकाले आफूले यात्रु नपाएको भन्दै व्यवसायीले पूरै सिट यात्रु राख्न पाउनुपर्ने माग राखेका छन् ।


ADVERTISEMENT

# # #


‘दशैँको मुखमा यस्तो महामारीका वेला बस भाडा बढेको छ, यसलाई घटाएर पूरै यात्रु राख्न पाउनुपर्ने हाम्रो माग हो,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासँघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर पूरै सिट यात्रु राख्न पाउनुपर्ने भन्दै यस्तो महामारीका वेला भाडा बढाउनु यात्रु र व्यवसायी दुबैका लागि राम्रो नभएको बताए ।

व्यवसायीले पटक पटक यातायात व्यवस्था विभागमा गएर भाडा बढाउँदा आधा सिट पनि यात्रु नपाएकाले साबिककै भाडामा पूरै सिट यात्रु राख्न पाउनुपर्ने माग राखेका थिए । विभागले पनि मन्त्रालयमा पूरै सिट यात्रु राख्नपाउनुपर्ने प्रस्ताव मन्त्रालयमा पठाएको छ ।