काठमाडौँ – निजगढ विमानस्थलको निर्माण शुरु गर्ने तयारी भैरहेकै त्यसको जिम्मेवारी पाएको स्विस कम्पनी ज्युरिच जिम्मेवारीबाट पन्छिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले एयरपोर्ट आफ्नै लगानीमा भएपनि बनाइने बताएका छन्। प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवार सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भट्टराईले एयरपोर्ट निर्माणका लागि सार्वजनिक–निजी साझेदारी वा ‘जीटुजी’ ढाँचामा बनाउने र त्यो पनि नभए सरकारले आफै लगानी गरेर भए पनि निर्माण गर्ने बताएका हुन् ।


ADVERTISEMENT


बैठकमा सांसदहरुले एयरपोर्ट निर्माणमा भएको ढिलाइको ध्यानाकर्षण गराउँदै प्राधिकरण लगायतका निकायसँग पछिल्लो प्रगति बारे जानकारी मागेका थिए ।


ADVERTISEMENT

# # #


वैठकमा मन्त्री भट्टराईले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगको, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय एयरपोर्टको काम पनि समयमै सकिने बताएका थिए । त्यसैगरी उनले निजगढ अन्तरराष्ट्रिय एयरपोर्टका लागि ज्युरिचलाई नै पुनः एकपटक मौका दिइएकोमा ज्युरिचले नआए विकल्प खोज्ने बताए ।

मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि १ हजार ९०० हेक्टर क्षेत्रफलमा रूख कटानका लागि अहिले ६५ हजार रूख गणना भइसकेको बताए । उनले विमानस्थलमा मुआब्जा वितरणलगायत काम पनि धमाधम भइरहेको समितिको बैठकमा जानकारी दिए ।

सरकारले निजगढ एयरपोर्ट निर्माणका लागि ज्युरिचलाई छनोट गरेर सेप्टेम्बर ३० भित्र आर्थिक प्रस्ताव पठाउन भनेको थिए । तर २२ सेप्टेम्बरमा नै पत्र पठाउँदै ज्युरिच निर्माणको कामबाट जिम्मेवारीबाट पछि हटेको हो ।