काठमाडौँ – नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैँकको प्रधान कार्यालय र भिडियो कन्फ्रेन्स-वेविनार मार्फत आयोजना गरिएको साधारणसभा सोमबार सम्पन्न भएको हो ।


ADVERTISEMENT


सभामा प्रस्तुत सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बृद्धि गरी ३ कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव समेत पारित भएको बैँकले जनाएको छ ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरिएको छ ।