ललितपुर – बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहराइ कारवाहीका लागि फैसला गरेका फरार एक अभियुक्त पक्राउ परेका छन् । गत वर्ष फागुन १३ गते अदालतले कारवाहीको फैसला गरेकोमा त्यसयता काठमाडौँमा लुकिछिपि बसेका प्रतिवादी अमर महर्जनलाई कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


महर्जनले जाहेरवाला रिता महर्जनलाई यति डेभलपमेन्ट बैंकको खालि चेक दिएर झुक्काएको कसुरमा अदालतले बैंकिङ कसुर तथा सजाय ऐनअनुसार ७ दिन कैद र नगद रु. ३२ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


महर्जनलाई प्रहरीले फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।