काठमाडौँ – महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । जोरपाटी नयाँबस्ती बस्ने सिन्धुपाल्चोककी ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा नयाँबस्ती बस्ने ३५ वर्षीय विनय माझीलाई घटनाको डेढ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


ती महिलालाई २०७६ वैशाख ३० गतेदेखि कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित रमेश श्रेष्ठको टहरोमा बन्धक बनाई २०७६ जेठ ५ गते हत्या गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले नयाँबस्तीबाट पक्राउ गरेको हो । साथै विनयले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत निकालेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


विनयलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।