काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १४ हजार २ सय ९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ११ लाख १३ हजार ४ सय ८६ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार १ सय ६४ जना रहेका छन् भने २५ हजार ७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १४ हजार ४ सय ११ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ५ सय ९६ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.९ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मत्यु भएको छ ।