काठमाडौँ – बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा सात दिनको शारीरिक व्यायाम सम्वन्धि पुनर्ताजगी तालिम कार्यक्रम सुरु भएको छ । केन्द्रका प्रमुख एसएसपी सन्दीप भण्डारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु भएको हो ।


ADVERTISEMENT


बाह्य प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने तथा शारीरिक व्यायाम तालीममा समय सापेक्ष एकरुपता ल्याउने उदेश्यले तालिमको आयोजना गरिएको एसएसपी भण्डारीले जानकारी दिए । उनले पुनर्ताजगी तालिम कार्यक्रमले शारीरिक व्यायाम प्रशिक्षण कार्यमा एकरुपता आउनुका साथै प्रशिक्षण प्रणाली थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले शारीरिक ब्यायामलाई स्कुलकै रुपमा बिस्तार गर्ने अबधारणा अनुसार काम अघि बढिरहेको समेत जानकारी दिए ।

यस्तै उनले तालिमले प्रशिक्षकहरुको दक्षता आभिवृद्धि भई प्रशिक्षणमा समयानुकुल अपडेट हुनुका साथै प्रशिक्षकहरुको कार्य विशिष्टिकरण गर्न सहयोग पुग्ने समेत उल्लेख गरे । उनले यस तालीमले केन्द्रमा कार्यरत प्रशिक्षकहरुको ब्यवशायिक जीवनमा कोसेढुंगा सावित हुने कुरामा समेत जोड दिए ।

कार्यक्रममा तालिम सम्वन्धि प्रतिवेदन प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले प्रस्तुत गरेका थिए ।