काठमाडौँ – चिकित्सा शिक्षा सुधारका लागि २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागप्रति सरकारले कुनै चासो देखाएको छैन । चौतर्फी आलोचनापछि बिहीवार डा. केसीसँग वार्ता गर्न तयार देखिएको सरकारले उनका मागलाई गम्भीर ढंगले लिएन । शुक्रवार राति सरकारी टोली र डा. केसीको टोलीबीच भएको वार्तामा सरकार लचिलो नदेखिएपछि बिना निश्कर्ष वार्ता टुङ्गिएको छ ।


ADVERTISEMENT


बिहीवार साँझ बिना निश्कर्ष वार्ता सकिएपछि शुक्रवारका लागि वार्ता सारिएको थियो । तर शुक्रवार दिनभरी सरकारले दिनभर वार्ता बेवास्ता गरेकोमा डा. केसी पक्षले राति १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ राख्ने तयारी गरेको थियो । पत्रकार सम्मेलन गर्न लागेको जानकारीपछि त्यसको एक घण्टा अघि मात्र सरकारी टोली औपचारिकताका लागि वैठक बसेपनि मागप्रति लचिलो बनेन ।


ADVERTISEMENT

# # #


डा. केसीका तर्फबाट वार्ता समितिका संयोजक डा जीवन क्षत्रीले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाए । उनले भने, ‘वार्ता मिलेन सरकारले वार्ताका नाममा अल्झाउन खोजेको मात्र देखियो ।