काठमाडौं – रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


आगामी आइतबार देखि एक साता सम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजे सम्म गर्न सकिने छ । सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ । टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ ।


ADVERTISEMENT

# # #


यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ ।

दसैं र तिहार लगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।