एजेन्सी – चीनको वुहानमा २०१९ को डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसले अहिले विश्वलाई नै छोपिसकेको छ । चीनमा ठूलो महामारीपछि विस्तारै विश्वभर फैलिएको कोरोनाको उत्पत्ति भने आफ्नो देशमा नभएको दाबी चीनले गरेको छ ।


ADVERTISEMENT


कोरोना महामारी फैलिएको ११ महीनापछि पहिलोपटक चीनले आफ्नो देशबाट कोरोना शुरु नभएको दाबी गरेको हो । शुक्रवार चीनले अन्य देशबाट कोरोना फैलिएर वुहानसम्म पुगेको दाबी गर्दै पहिलोपटक यसको जानकारी गराएर विश्वलाई सचेत गराएको बताएको छ ।


ADVERTISEMENT

# # #