काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनले नेपाली भूमि अतिक्रमण गरेको निश्कर्ष निकालेको छ । हुम्लाबाट हुम्लाबाट निर्वाचित नेपाली काँग्रेसका सांसद जीवन बहादुर शाहीको नेतृत्वमा काँग्रेसको संसदीय टोलीले स्थलगत अध्ययन गरी काँग्रेसले भूमि अतिक्रमण भएको निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT


असोज १४ गते हुम्लाको लिमीमा चिनले ९ वटा भवन बनाएको समाचार बाहिरिएपछि काँग्रेसले स्थलगन अनुगमन गरेको थियो । स्थलगत अनुगमनमा भूमि मिचिएको प्रमाण समेत फेला पारेको सांसद शाहीले बताए । उनले भने, ‘चीनले सिमा मिचेको प्रतिवेदन तयार गरेका छौँ, प्रमाणसहित प्रतिवेदन सार्वजनिक गर्छौँ ।’


ADVERTISEMENT

# # #


उनकाअनुसार ५, ६ र १२ नम्बर पिल्लरमा समस्या भएको अनुगमन टोलीले बताएको छ । चिनियाँ पक्षले नेपाली भूमिमा नै भवन बनाएको निश्कर्ष निकालेको छ ।

यद्यपि सरकारले यसअघि नै चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका हुन्।