काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख रुपैयाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT


सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि गरेको घोषणा अनुरुप आज उक्त सहयोग रकम हस्तान्तरण गरिएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन् । सन्दीपको उक्त सहयोगले कर्मचारीको मुहारमा थोरै भए पनि खुसी छाउने उनले विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


सन्दीपले कोरोना महामारीमा कर्मचारी पीडामा बाँचिरहेको र आफ्नोतर्फबाट सकेको सहयोग गर्न पाएकामा खुशी लागेको लामिछानेले बताएका छन् ।यसअघि सन्दीपले कोरोना भाइरसको महामारीका बीच पनि कर्मचारीहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाएको भन्दै प्रशंसा गरेका थिए ।

“मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ”, उनले भनेका थिए, “मैले सानो सहयोग गर्न खोजेको छु ।”

मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने सन्दीपको भनाइ थियो । हाल त्रिवि मैदानमा १४ कर्मचारी काम गर्दै आएका छन् ।

सन्दीप हाल १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)का लागि युएईमा रहेका छन् । उनी आवद्ध टिम दिल्ली क्यापिटल्स ६ खेलमा ५ जित हात पार्दै १० अंकका साथ अंक तालिकामा शीर्ष स्थान रहेको छ ।

दिल्लीले आज साँझ मुम्बई इण्यिन्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।