तनहुँ – बन्दीपुर ४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरीवाना गराइएको छ । अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जनही रु पाँच हजारका दरले जरीवाना गराइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका–१ कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरुलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरीवाना गराइएको छ । रासस