भक्तपुर – भक्तपुर नगरपालिकाको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रले कोरोनाको संक्रमण बढेकाले फेरि लकडाउन गर्नुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले दसैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमणको जोखिम बढेकाले यसलाई नियन्त्रण गर्न लकडाउन गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।


ADVERTISEMENT

# # #


प्रजापतिले उपत्यकामा एकै दिन २६ सयभन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढेको बताए । लकडाउन खुलेपछि संक्रमण बढेकाले वैठकले लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी उनले दिए ।