काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ७७ हजार २ सय ७७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६९.१ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १४ हजार ५ सय ५७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ११ लाख ९१ हजार ५१४ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् भने ३३ हजार ८ सय ८० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १९ हजार ९ सय ५७ जना होम आइशोलेसनमा रहेका छन् भने १३ हजार ९ सय २३ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मत्यु भएको छ ।