अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनामुक्त भएका छन् । सोमवार ट्रम्प हाउसका फिजिसियन डा. शनले वक्तव्य सार्वजनिक गर्दै ट्रम्प कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


ट्रम्पलाई १२ दिनअघि कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनलाई अस्पताल भर्ना गरिएपनि आफ्नै हठले उनी ३ दिनमै डिस्चार्ज भएका थिए ।


ADVERTISEMENT

# # #


कोरोनाको विषयमा शुरुवाती चरणदेखि हलुंगो टिप्पणी गरिरहेका ट्रम्पले आफू निको भएपछि आफूले कोरोना पराजित गरेको र अरुले पनि यसलाई सजिलै जित्न सक्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनले नै कोरोनाबाट बच्नका लागि भौतिक दूरी अनिवार्य रहेको बताइएको वेला कोरोनामुक्त भएपछि उनले कोरोनाबारे किफायति टिप्पणी गर्दै ट्रम्पले अब आफू अरुलाई अंकमाल समेत गर्न सक्ने बताएका छन् ।

उनले विश्वभरका मुलुकहरुहरु लकडाउनका कारण ध्वस्त हुन थालेको समेत टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘आफ्नो राज्य खोल लोकतन्त्रवादीहरु !’

उनका केही ट्विट कोरोनाबारे भ्रम फैलाएको भन्दै ट्विटरले चेतावनी दिएर डिलिट पनि गरेको छ ।