एजेन्सी – दोस्रो विश्व युद्धमा बनाइएको शक्तिशाली बमलाई विष्फोट भएको छ । । मंगलबार नौसेनाका विस्फोट विशेषज्ञको टोलीले पोल्याण्डको बाल्टिक समुद्री किनाराको पानीमा रिमोटद्वारा बमभित्रको विष्फोजन्य पदार्थलाई निकाल्ने क्रममा विष्फोट भएको हो ।


ADVERTISEMENT


विष्फोटमा कुनै क्षति नभएको त्यहाँका अधिकारीले जनाएका छन् । ‘टल ब्वाइ’ नामको उक्त बम दोस्रो विश्वयुद्ध पछि भेटिएका बमहरुमध्ये सबैभन्दा ठूलो शक्तिशाली रहेको थियो । यसको वजन ५.४ टन थियो । ६ मिटर लामो उक्त बममा २.४ टन विष्फोटक पदार्थ रहेको थियो ।


ADVERTISEMENT

# # #


‘टल ब्याय’ सेप्टेम्बर २०१९ मा पोल्याण्डको एसजेस्किन बन्दरगाहस्थित जलमार्गलाई गहिरो बनाउने क्रममा पानीमूनि भेटिएको थियो । विष्फोटका लागि उक्त क्षेत्र आसपास रहेका ७५० बढी मानिसहरुलाई अन्यत्र पठाइएको थियो ।

इंगल्याण्डका वार्नस वालिसले डिजाइन गरेको उक्त बम इंगल्याण्डको रोयल एयरफोर्सले सन् १९४५ मा जर्मन क्रुजर लुत्जोमाथि खसालेको थियो । भूमिगत झट्कामार्फत नाजी नियन्त्रित सम्पत्तिलाई नस्ट गर्नका लागि प्रयोग गरेको थियो ।

भिडियो :