काठमाडौँ – लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ६ सय ३८ पदमा विज्ञापन खुलाएको छ । कोभिड संक्रमण बढ्दै गएपनि लोकसेवाले परीक्षाको तयारी अघि बढाएको हो ।


ADVERTISEMENT


बुधवार जारी विज्ञापनमा लोकसेवाले निजामती, संसद् र स्वास्थ्य सहसचिवमा १ सय ८२ तथा उपसचिवमा ४ सय ५६ पदका लागि विज्ञापन निकालेको हो । यसअघि लोकसेवाले कोभिड सन्त्रासपछि चैतयता रोकिएका परीक्षाको लागि मिति सार्वजनिक गरिसकेको छ ।


ADVERTISEMENT

# # #


विज्ञापन खुलाएपनि कोरोना संक्रमितका लागि भने लोकसेवाले कुनै वैकल्पिक व्यवस्था गरेको छैन । स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिने तयारी गरेकोमा कोरोना संक्रमितको उत्तरपुस्तिकाबाट पनि कोरोना सर्नसक्ने भएकाले कोरोना संक्रमित सहभागी हुन नपाउने लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले बताए ।