एजेन्सी – युएईमा जारी १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम कलकत्ता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले कप्तानी त्यागेका छन् ।


ADVERTISEMENT


यससँगै इंगल्याण्डका एकदिवसीय कप्तान इओइन मोर्गानले कलकत्ताको नेतृत्व गर्नेछन् । यसअघि उनी उपकप्तान थिए ।


ADVERTISEMENT

# # #


टिमको अहिलेसम्मको प्रदर्शनलाई लिएरस कार्तिकमाथि आलोचना भइरहेको थियो । अब ब्याटिङमा मात्रै केन्द्रित हुने भन्दै उनले शुक्रबार कप्तानी छाड्ने निर्णय गरेका हुन् ।

आइपीएलको जारी सिजनमा कलकत्ता अंकतालिकाको चौथो स्थानमा रहेको छ । कलकत्ताले ७ खेलमा ४ जित हात पार्दै ८ अंक बटुलेको छ ।