काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय २२ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ८८ हजार ४० जना निको भएको प्रवक्ता डा.जनाएका छन् । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १६ हजार ५ सय ३१ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १२ लाख ५४ हजार १सय ६७ पीसीआर परीक्षण गरिएको छ ।

हाल ४ हजार ८ सय ८ जना रहेका छन् भने ३७ हजार ३ सय ८२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २५ हजार ४६ जना होम आइशोलेसनमा रहेका छन् भने १२ हजार ३ सय ३६ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ७१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमितक मत्यु भएको छ ।